

तिलोत्तमा गोल्डकप भोलिदेखि, भारतका दुईसहित ८ टिम सहभागी हुने



बुटवल । रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता भोलि शनिबारदेखि सुरु हुँदैछ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले बताए ।
प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, एपिएफ क्लब तथा भारतका दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसी गरी आठ टिमले प्रतिस्प्रर्धा गर्ने छन ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया जित्नेछ ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने पुनले बताए ।
मैदानमा माटो पट्याउने, सम्याउने र निरन्तर पानी राखेर हरियो बनाउने काम ३ महिनामा पूरा भएको उनले बताए । चारैतिर तारजाली गर्ने, रंगरोगन र मुल गेट नजिक न्यु होराईजन माविको २५ लाख आर्थिक सहयोगमा स्मार्ट शौचालय निर्माण गरिएको उनले बताए ।
बुटवल उपमहानगरपालिका संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति ईण्डस्ट्रिज प्रालि मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औ संस्करण नेपालमा एन्फाको मान्यता प्राप्त खप्तड, बिराट, आहारारा र तिलोत्तमा चार मुख्य गोल्डकप भएको महासचिव हिमाल गौचनले बताए ।
यो वर्ष पुरस्कार राशीमा समेत अघिल्लो संस्करणभन्दा १ लाख रुपैया वृद्धि गरिएको उनले बताए ।चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।
प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाले ४० लाख र यशोदा फुड्सले करिब २५ लाख रुपैयां आर्थिक सहयोग गर्ने भएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया