

“उकाली ओराली“ गीतबाट मोडल क्षेत्री ‘लुम्बिनी राष्ट्रिय पुरस्कार’को शीर्ष पाँचमा मनोनित



कपिलवस्तु । उपमा संचार प्रा. लि. र तेज नेपाल मल्टिमिडियाले प्रदान गर्ने लुम्बिनी राष्ट्रिय पुरस्कार कपिलवस्तुका असिम क्षेत्रीले प्राप्त गरेका छन् । लुम्बिनी राष्ट्रिय पुरस्कार २०२५ को नामांकन प्रमाणपत्र प्रस्तुत कार्यक्रम अन्र्तगत यस वर्षको उत्कृष्ट मोडेलको विधामा, विशेष गरी लोक र युगल गीतको क्षेत्रमा, क्षेत्री “उकाली ओराली“ गीतबाट शीर्ष पाँचमा मनोनित भएका हुन ।
क्षेत्रीले आफुले प्राप्त गरेको प्रमाणपत्रसहितको तस्बिर सामाजिक संजालमार्फत समेत सार्वजनिक गरेका छन् । लुम्बिनी राष्ट्रिय पुरस्कारले हरेक वर्ष नेपाली संगीत र कला क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकारहरूलाई सम्मान गर्दै आएको छ। यस वर्ष, असिम क्षेत्रीको “उकाली ओराली“ गीतले उत्कृष्टता र रचनात्मकताको उच्च मापदण्ड पुरा गर्दै मनोनयन प्राप्त गरेको उल्लेख गरिएको छ। यस अवसरमा उपमा संचार प्रा. लि. र तेज नेपाल मल्टिमिडियाले क्षेत्रीलाई आगामी कार्यमा सफलता र नयाँ उपलब्धिहरूको शुभकामना दिएका छन्।

लुम्बिनी राष्ट्रिय पुरस्कारले नेपाली संगीत र सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ र यस पुरस्कारको माध्यमबाट आगामी वर्षमा पनि नयाँ प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्य राखेको छ।
क्षेत्रीले साझाकुरासँग भनेका छन्, संगीत यात्रामा यो नामांकन एक महत्वपूर्ण माइलस्टोन रहेको र यसले आफ्नो सांगितिक यात्रालाई अझै रचनात्मकता र प्रतिभालाई अझ बढी चिनाउन मद्दत गर्ने छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया