

नियमित सडक बत्तीको महशुल बुझाउने लुम्बिनीका १३ पालिकाले पाए सम्मान



बुटवल । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसूल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरूलाई सम्मान गरेको छ ।
सडक बत्तीको नियमित रूपमा महसूल र लामो समयदेखिको बक्यौता तिर्ने लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरेको प्राधिकरणले जनाएको छ ।
बुटवलमा विशेष कार्यक्रमका बीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वटा गाउँपालिका र आठ वटा नगरपालिकालाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । सम्मानित हुनेहरूमा ओमसतिया, सियारी, प्रतावपुर, सरावल र सुस्ता गाउँपालिका छन् । त्यस्तै सिद्धार्थनगर, रामग्राम, बर्दघाट, तिलोत्तमा, कपिलवस्तु, सन्धिखर्क, भूमिकास्थान र रेसुङ्गा नगरपालिका पनि सम्मानित भएका छन् ।
यी सबै पालिकाले लामो समयको सबै बक्यौता भुक्तानी गरी अहिले नियमित महसूल तिरिरहेका छन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तराईका खेतमा बिजुली पुर्याएर सिँचाइमार्फत उब्जनी बढाउने उद्देश्यका साथ पालिकाहरूसँग समन्वय गरी सस्तो दरमा बिजुली उपलब्ध गराउने व्यवस्था गरेको पनि बताउनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया