

राप्ती गाउँपालिकाका सबै वडासचिवले गरे पेन डाउन

काठमाडौं । दाङको राप्ती गाउँपालिकाका ९ वटै वडा कार्यलयका सचिवहरूले पेन डाउन गरेका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल र रुपन्देहीको रोहीणी गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै उनीहरूले मंगलबार पेन डाउन गर्ने निर्णय लिएका हुन् ।
‘…विरोध स्वरुप मिति २०८१ साल फागुन ६ गतेका दिन राप्ती गाउँपालिका, मसुरिया, दाङका ९ वटै वडा कार्यालयमा वडा सचिवहरूद्वारा पेन डाउन गर्ने निर्णय गरेका छौं,’ पालिकाका सबै वडासचिवहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया