
रुपन्देहीको बाटो हुँदै भारत लैजान लागेका ६ किशोरीको उद्धार

रुपन्देही । रूपन्देहीको बेलहिया नाका हुँदै भारत लैजान लागेका ६ जना किशोरीहरूको उद्धार गरिएको छ।
इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवामा रहेको माइती नेपालको आवधिक गृहले उनीहरूलाई बेलहिया नाकाबाट उद्धार गरेका हुन्।
माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीका अनुसार भारत लैजान बेलहिया नाका पार गर्न बाटोमा हिँडिरहेका उनीहरूलाई सोधपुछ गर्दा शंका लागेपछि प्रहरीको जिम्मा लगाइएको थियो। किशोरीहरूले आफूहरूलाई भारतको राजस्थान जोतपुरमा काम लगाइदिने भनेपछि त्यसतर्फ जान तयार भएको बताएका छन्।
रूपन्देहीसहित कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका ती किशोरीलाई उनीहरूकै आफन्तले १० हजार भारतीय रूपैयाँ तलब पाउने गरि लैजाने बताएका थिए। घरको सरसफाइ र बिरामीको हेरचाहको काममा लगाइदिने र १० हजार तलब दिने भनेपछि परिवार पनि सहमत भएका थिए।
उद्धार गरिएका किशोरीहरूले भारत जानका लागि टिकटवापत लाग्ने खर्च समेत भारतबाटै काटेर पठाएको प्रहरी सामू बताएका छन्। किशोरीहरूले भारत लैजान खोज्नेहरूसँग आफूहरू फेसबुकबाट जोडिएको बताए।
किशोरीहरूलाई प्रहरी तथा पत्रकारको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया