तराईको हुस्सु र कुहिरो हटेन

काठमाण्डौ : तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा तराई/मधेसमा जनजीवन प्रभावित बनेको छ ।

आज कोशी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना  छ ।

काठमाण्डौमा हिजोको भन्दा आज तापक्रम केही बढेको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । हिजो बिहान पौने ६ बजे काठमाडौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो । 

प्रतिक्रिया