शुद्धोदन जन जीवन मा.वि.मा खेलकुद सप्ताह सुरु


शुद्धोदन जन जीवन माध्यमिक विद्यालय, वाणगंगा ९, जिनुवा ले आफ्नो वार्षिक खेलकुद सप्ताहको औपचारिक उद्घाटन गर्दै उत्साहजनक माहोलमा सुरु गरेको छ । विद्यालयका बाल विकास देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई शारीरिक विकास र मानसिक सुदृढतामा मद्दत पुर्याउने उद्देश्यले आयोजना गरिएको यस खेलकुद सप्ताहको पहिलो दिन आइतबार विभिन्न खेलकुद गतिविधिहरू सम्पन्न भएका छन्।

आइतबारको कार्यक्रम अन्तर्गत ९–१२ कक्षाका छात्रहरूको लागि भलिबल र ९–१२ कक्षाका छात्राहरूका लागि सर्टपुट, स्लो साइकल रेस लगाएतका खेलको आयोजना गरिएको थियो । विद्यार्थीहरूको जोश र उत्साह साथ प्रतियोगितामा भाग लिएका थिए । विद्यालयमा भएको यो खेलकुद सप्ताहले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहन प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।

सप्तहाको दोस्रो दिन सोमबार, खेलकुद सप्ताहको दोस्रो दिन, ६–८ कक्षाका छात्र–छात्राहरूको लागि भलिबल प्रतियोगितो,साथै, ६–८ कक्षाका छात्राहरूका लागि व्याटमिन्टन र छात्रहरूको लागि फुटबल प्रतियोगिता हुने छ ।

विद्यालयका प्रधानाध्यापक, अनिता कडेलले खेलकुद सप्ताहको उद्घाटन गर्दै भनिन्, शारीरिक र मानसिक विकासको सन्दर्भमा खेलकुदको अत्यन्त महत्वपूर्ण भूमिका छ । विद्यार्थीहरूको सम्पूर्ण विकासका लागि खेलकुदका गतिविधिहरू अनिवार्य छन् । हामी यो खेलकुद सप्ताह आयोजना गर्दै विद्यार्थीहरूलाई उत्साहित र प्रेरित गर्न चाहन्छौं ताकि उनीहरूले जीवनका अन्य पक्षहरूमा पनि सफलता हासिल गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकि थिइन ।

विद्यालयका शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक, विष्णु प्रसाद बेल्वासेले भने, “हामीले यस वर्ष विशेष रूपमा विद्यार्थिहरूलाई खेलकुदको महत्व बुझाउने र उनीहरूको खेलकुद प्रतिको रुचि बढाउने लक्ष्य राखेका छौं । यसरी, विद्यार्थीहरूको जीवनमा खेलकुदले शारीरिक मात्र नभइ मानसिक र सामाजिक दृषटिकोनबाट पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा व्यक्त गरेका थिए ।

यो खेलकुद सप्ताह आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुने छ र प्रत्येक कक्षा तथा विद्यार्थीको स्तर अनुसार भिन्न–भिन्न खेलहरूको आयोजना गरिने छ।

खेलकुद सप्ताहको माध्यमबाट विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण पैदा गर्नुका साथै सामाजिक एकता र मित्रता बढाउने उद्देश्य पनि राखिएको छ ।


विद्यालयले यस खेलकुद सप्ताहलाई अझ रोचक र सहभागी बन्नका लागि विभिन्न गतिविधिहरू र प्रतियोगिताहरू राखेका छन्, जसमा नृत्य, संगीत, र कला प्रदर्शनीहरू पनि समावेश गरिने भएको छ ।

प्रतिक्रिया

खबर सबै