

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री नआउने

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन्।
चिकित्सकहरूले आराम गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओली भौतिक रूपमा उपस्थित नहुने भएका हुन्। तर, उनले बालुवाटारबाटै भर्च्यूअल रूपमा सहभागिता जनाउनेछन्।
कार्यक्रममा भने उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललाई पठाएका छन्।
प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ छन्। उनको स्वर भासिएको सचिवालयले जनाएको छ। त्यसैले चिकित्सकहरूको सुझावमा प्रधानमन्त्री ओलीले पाल्पा र रूपन्देही जाने कार्यक्रमलाई स्थगित गरेका हुन्।
प्रधानमन्त्री ओलीका आज सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल गोरूसिङ्गे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन लगायतका कार्यक्रमहरू थिए।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया