

देशलाई बचाउने हो भने प्रदेश खारेज गर्नुपर्छः चित्रबहादुर केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशलाई बचाउने हो भने प्रदेश खारेज गर्नु पर्ने बताएका छन् । प्रदेश सरकारमा धेरै विकृति तथा वेथिति देखिएकाले यसलाई खारेज नगरे देश गम्भीर संकटमा पर्ने बताए ।
मंगलबार बुटवलमा ’संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन’को घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य समेत रहेका अध्यक्ष केसीले मुलुक संघीयता कै कारण दयनीय अवस्थामा पुगेको बताए । ‘८ वटा जिल्ला रहेको मधेश प्रदेशमा २० जना मन्त्री छन् । प्रदेशमा बनेका मन्त्रीहरु पनि धेरै खराब व्यवहार भएका छन् । यसकारण देशलाई बचाउने हो भने प्रदेशलाई खारेज गर्नु पर्छ,’–केसीले भने ।
साथै अध्यक्ष केसीले संघीयता स्वीकार गर्ने ठुला दलहरुमा पनि यसबाट पार लाग्दैन भन्नेमा पुगिसके पनि बाहिर बोल्न मात्रै नसकेको बताए । राजनीति गर्ने भनेको कमाउन हो भन्ने भाष्य सृजना भएकाले दलहरुप्रति जनताको दृष्टिकोण राम्रो नरहेको बताए ।
‘म आज मात्रै बाग्लुङबाट बुटवल आएको हो । राजनीतिप्रति जनताको यति धेरै घृणा छ । गाउँमा मान्छे नै छैन् । गाडी पनि रित्तो हिड्नु पर्ने अवस्था छ,’–उनले भने ।
यस्तै अध्यक्ष केसीले रवि लामिछाने पटक पटक गृहमन्त्री बन्न खोज्नुको कारण सहकारी काण्डबाट बच्न रहेछ भन्ने अहिले आएर पुष्टि भएको बताए ।
संघीयता विरुद्धको आन्दोलनलाई सफल पार्न विभिन्न कार्यक्रम सार्वजनिक
राष्ट्रिय जनमोर्चा रुपन्देहीले चैत्र २४ गतेदेखि ३० गतेसम्म गर्ने संघीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल बनाउन विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका रुपन्देही अध्यक्ष टानबहादुर केसीले मंसिर महिना भरी जिल्लादेखि टोलसम्मका बैठक तथा भेलाहरु गर्ने कार्यक्रम तय भएको बताए । यस्तै उक्त आन्दोलनलाई सफल बनाउनका लागि जिल्लाव्यापी पर्चा वितरण, जभेटघाट, भित्ते लेखन गर्नुका साथै माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ति कोणसभा गर्ने कार्यक्रम तय भएको बताए ।
यस्तै फागुन ३ गते बुटवलदेखि सुनौलीसम्म मोेटरसाइकल र्यालीको आयोजन गर्ने कार्यक्रम तय भएको अध्यक्ष टानबहादुर केसीले बताए । साथै यही माघ ५ गते बुटवलमा विभिन्न प्रबुद्ध व्यक्ति, राजनीतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरुसँग उत्साहजक उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरिसकेको अध्यक्ष केसीले बताए ।
आन्दोलनको पक्षमा वातावरण बनाउनका लागि पुस २१ गतेदेखि फागुन १० गतेसम्म संङ्गठनात्मक अभियानलाई तीवत्ता दिने उनले बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया