

लक्ष्मणघाट सामुदायिक बनकाे अध्यक्षमा पुन: थापा



०६ माघ – रामबहादुर गन्धर्व । लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समूह बाणगङ्गा स्थित लक्ष्मणघाट कपिलवस्तुकाे २६औं साधरणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुनः खडगबहादुर थापाकाे अध्यक्षतामा अगामी तीन बर्षका लागि ११सदस्यीय कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा थानेश्वर भट्टराई ,सचिवमा अपिला टण्डन ,काेषाध्यक्षमा धनु भट्टराई ,सह-सचिवमा रहेका छन् भने सदस्यहरूमा मुक्ति पाण्डे ,जानकी चौधरी ,मुलचन्द्र थारू ,सरस्वती थापा र मिना पाण्डे रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै जिल्ला बन महासघंका जिल्ला अध्यक्ष जयलाल गिरि सामुदायिक बनमहासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई लगाएतले सामुदायिक बनलाई पार्य पर्यटन र उपभोक्तालाई आयआर्जन सँग जाेडन सके टेवा पुग्ने बताए ।
प्रतिवेदन प्रस्तुत गर्दै ठानेश्वर भट्टराईले २६.२८ हेक्टर क्षेत्रफलमा रहेको यश बनका बिपन्न तथा पछाडि पारिएका उपभोक्ता तथा महिलाहरूलाई क्षमता बिकास एवं आयआर्जनमा सहयोग पुर्याउने जस्ता कार्यलाई निरन्तरता दिने बताए ।
बनका काेषाध्यक्ष रामचन्द्र मरासिनीले आ .ब.०८०/०८१काे १६लाख ८१हजार १८१रूपैयाँ बराबरको आयब्याय सार्वजनिक गरे त्यस्तै अध्यक्ष थापाले अगामी बर्ष २०८१/०८२का लागि विभिन्न रणनीति सहितको भावी कार्ययाेजना अघि सारे । विभिन्न सामुदायिक बनका पदाधिकारी ,सामाजिक संघसंस्थाका पदाधिकारी ,जनप्रतिनिधि ,समाजसेवीहरूकाे सहभागीताकाे उपस्थिति रहेको कार्यक्रम माधवप्रसाद खनालकाे स्वागत मन्त्ब्य र जितमान बि.क.काे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया