

सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देहीमा रविविरुद्धको पूरक अभियोग आज दर्ता गरिँदै



रुपन्देहीको जिल्ला अदालतमा आज शुक्रबार सुप्रिम सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित अन्य प्रतिवादीहरूविरुद्ध पुरक अभियोग दर्ता गरिँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने र उनका साझेदार तथा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।
पूर्वगृहमन्त्री लामिछाने मंगलबार जिल्ला अदालत काठमाडौंबाट ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। बिहीबार मात्रै १७ जनाविरुद्ध संगठित अपराधसम्बन्धी थप अभियोग पत्र दायर गरिएको छ। यसअघि नै सुप्रिम सहकारी प्रकरणमा गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनाविरुद्ध अभियोग दर्ता भइसकेको छ।
सुप्रिम सहकारीबाट १,८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरिएको आरोप छ। यस ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीले विभिन्न व्यक्तिको नाममा रकम अपचलन गरेको भेटिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले रविको नाममा सहकारीबाट २ करोड रुपैयाँ निकासा गरिएको प्रमाण फेला पारेको छ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालकमध्ये लामिछानेको पनि आर्थिक हिनामिनामा संलग्नता रहेको संसदीय छानबिन समितिले पुष्टि गरेको थियो। उनीसँग गोर्खा मिडियामा १ लाख ८० हजार कित्ता सेयर रहेको र यसको मूल्य १ करोड ८० लाख रुपैयाँ रहेको छ। यो सेयर २०७८ पुस ७ मा रविको नाममा कायम गरिएको विवरण अभियोग पत्रमा समावेश छ।
संगठित अपराध र सहकारी ठगीसम्बन्धी थप कसुरमा लामिछाने र जोशीमाथि मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। सरकारी वकिलको कार्यालयले बचतकर्ताको रकम अपचलनमा संलग्न कम्पनीका सञ्चालकहरूको नाम र विवरण अभियोग पत्रमा समावेश गरेको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया