

रुपन्देहीको एक इट्टा उद्योगमा कुटपिटबाट भारतीय कामदारको मृत्यु



रुपन्देहीको एक इट्टा उद्योगमा काम गर्ने भारतीय कामदारको कुटपिटबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ हिरापुरस्थित न्यू मनकामना इट्टा उद्योगमा काम गर्ने भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको कुटपिटबाट मृत्यु भएको हो।
विहीबार राति करिब ९ बजेतिर उनकै ट्याक्टर चालक कृष्ण केवटसँग भएको आपसी विवादपछि कुटपिट हुँदा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले कुटपिटबाट गम्भीर घाइते भएको केवटको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राती ११ बजेतिर मृत्यु भएको जानकारी दिए।
प्रहरीले घटनामा संलग्न कृष्णलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया