

बयानका लागि रवि लामिछानेलाई भैरहवा ल्याइयो



बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि रूपन्देही ल्याइएको छ ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार मध्याह्न पोखराबाट हवाइजहाजमार्फत् भैरहवा ल्याएको हो । बिहान पौने ८ बजे ल्याउने तयारी भए पनि खराब मौसमका कारण झण्डै पाँच घण्टा ढिलागरी रविलाई भैरहवा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बयानका लागि रविलाई रूपन्देही झिकाएको बताइन् । रविलाई विमानस्थलमा जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा लैजाने र त्यसपछि मंगलबार नै बयानको लागि जिल्ला सरकारी वकिलको पुर्याइने खनालको भनाइ छ ।
लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपा लुम्बिनी र सुप्रिम सहकारी पीडितहरूले छुट्टाछुट्टै प्रदर्शनको तयारी गरिरहेका छन् । दुवैले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया