

प्यूठानको झिमरुकमा जिप दुर्घटना, १४ जना घाइते



प्युठान | बुटवलबाट अर्खा जाने जिप झिमरुक(६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको लु २ ख ६३२२ जिप झिमरूक(६ अर्गेलीमा दुर्घटना भएको हो ।
गौमुखी पाँच निवासी आठ वर्षीय सरोज केसी, गौमुखीकी ३२ वर्षीया सुनीता केसी, गौमुखीकी ४२ वर्षीया खिमा मल्ल, गौमुखीका ३७ वर्षीय सन्तलाल गरुङ , गौमुखीका ५५ वर्षीय रेमलाल थापा, गौमुखीका ५० वर्षीय मोती पुन, झिमरुक ८ की ३२ वर्षीया सावित्रा बस्नेत, झिमरुक पाँचका ६० वर्षीय कुम्भ जिसी, धनकुमारी जिसी, मदानेका ३८ वर्षीय सालिकराम कुँवर छन् । वर्ष ५७ का धनकुमारीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्यूठान स्थित बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया