
बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा राखिएको डिजिटल बोर्ड ह्याक

काठमाडौं : दशैं-तिहारलाई लक्षित गर्दै बुटवलमा १५ दिनअघि चोकैमा राखिएको डिजिटल बोर्ड ह्याक भएको छ । बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा स्थानीय क्लबले राखेको डिजिटल बोर्ड ह्याक भएको हो ।
बोर्ड ह्याक गरेर ह्याकरले त्यसमा अङ्ग्रेजी अश्लील शब्द राखेका छन् । यात्रुहरूलाई स्वागत गर्न राखिएको उक्त बोर्डमा ह्याकरले लेखेका छन्, “फ*क अल ।”
‘तिलोत्तमा नगरपालिकाले तपाईंहरूलाई यसरी स्वागत गर्छ’ भन्दै फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आइरहेका छन् । यस विषयमा टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरी बुटवलका असई मिलन सिंहले बोर्डमा अश्लील शब्दहरू भएको पुष्टि गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार सो बोर्ड केही समयअघि स्थानीय क्लबले राखेको थियो । “नगरपालिकाको अनुमित बिनै किन राखेको भनेर मैले हटाउने निर्देशन दिएको थिए,” पाण्डेयले भने, “अहिले ह्याक भएको रहेछ । त्यो ठूलो बोर्डको माथि रहेको सानो सूचना बोर्ड चाहिं हामीले राखेका हौं ।”
नगरप्रमुख पाण्डेयले यस विषयमा बुझेर बोर्ड हटाउन पहल गरिने बताए ।
-टेकपानाबाट साभार


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया