गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई,जजिरा र एयर एशियाले उडान गर्दै

लामो प्रतीक्षा पछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरु गर्ने भएका छन्। फ्लाइ दुबई, जजिरा एयरलाइन्स, र थाई एयर एशियाले यस विमानस्थललाई आफ्नो नयाँ गन्तव्यको रुपमा छनोट गरेका छन्।

महाप्रबन्धक प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार फ्लाइ दुबईले आगामी कात्तिक २४ गतेदेखि नियमित उडान सुरु गर्नेछ, जसमा हप्तामा सातै दिन दुबई–भैरहवा–काठमाडौँ मार्गमा सेवा प्रदान गरिनेछ। जजिरा एयरले भने कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्ने योजना बनाएको छ, जसमा हप्तामा तीन दिन उडान हुनेछ।

थाई एयर एशियाले पनि निकट भविष्यमा उडान सुरु गर्ने योजना बनाएको छ। प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरिसकेको र अब व्यवस्थापकीय तयारी तीव्र पारिएको छ।

विमानस्थलले अध्यागमन, भन्सार, र सुरक्षालगायतका आवश्यक सेवा तथा उपकरणहरू तयारी अवस्थामा राखिएको जनाएको छ। सरकारको लक्ष्य अन्तर्राष्ट्रिय उडानहरूलाई तीव्र गतिमा सञ्चालन गरी यो विमानस्थललाई पूर्ण क्षमतामा ल्याउने हो।

प्रतिक्रिया

खबर सबै