

लुम्बिनीका पहाडमा यातायात ठप्प, तत्काल पुनः सञ्चालन असम्भव




बुटवल – लुम्बिनीका पहाडी जिल्लामा पहिरोले यातायात ठप्प! शुक्रबार साँझदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडक शनिबार बिहानमात्रै खुल्ने बताइएको छ। निरन्तरको वर्षा र रातको समयमा उद्धार कार्यमा कठिनाइ भएकोले पहिरो पन्छाउन शनिबारसम्म कुर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ।
पाल्पा, रोल्पा, र गुल्मीमा पहिरोको कहर
पाल्पाको बर्तुङ–पोखरा सडक खण्ड, रोल्पाको सहिद मार्ग, र गुल्मीको रिडी–तम्घास सडक खण्ड पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसले गर्दा स्थानीय बासिन्दा र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। पहिरो नपन्छाएसम्म यहाँका प्रमुख र सहायक सडकहरु बन्द नै रहने जनाइएको छ।
लुम्बिनीका पहाडी जिल्ला संकटमा!
रोल्पा, रुकुमपूर्व, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडकहरु निरन्तरको वर्षाका कारण पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन्। यहाँका बाटो खुलाउन अझै धेरै समय लाग्ने स्थानीय प्रहरी कार्यालयले जनाएका छन्। यसले यात्रु र स्थानीयलाई गन्तव्यमा पुग्न बाधा पुर्याएको छ।
तराईमा बाढीको त्रास: प्रशासनको सर्तकता
तराईका जिल्लामा बाढीको खतरा झन् बढ्दै गएको छ। नवलपरासीको गण्डक, रुपन्देहीका तिनाउ, दावन र रोहिणी, कपिलवस्तुको वाणगंगा, र दाङको राप्ती नदीमा पानीको सतह बढेर बाढीको सम्भावना उत्पन्न भएको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य शनिबार बिहानसम्म जारी राखेको छ, भने बाढीबाट जोगिन थप सर्तकता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया