

बुटवलमा दुर्गा प्रसाईंको समर्थनमा प्रदर्शन गर्ने ७ जना नियन्त्रणमा



बुटवल । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशले गरेको विरोध प्रदर्शनमा बुटवलको मिलनचोकबाट ७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले बताए ।
प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट मिलनचोक आएर चक्काजाम गर्ने तयारी गरेका थिए । प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो । उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
रातोपाटीबाट ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया