

अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा



पाल्पाको दोभान प्रहरी चौकीले गोरू लोड गरिएको एउटा पिकअप जिप नियन्रणमा लिएको छ बिहीबार साँझ ४ बटा गोरू लोडगरेको लु द्द च ५११९ नम्बरको गाडी प्रहरीले फेला पकेको हो । तिनाउ गाउँपालिका १ ओखलढुगामा लोग गरीएको भनिएका गोरू कसले बिक्र्री गरेको बिषय खुलेको छैन ।
चौपाया ओसार पसार गर्दा गाउँपालिका वा स्थानीय बडाको सिफारिस अनिवार्य भएपनि तेस्तो नगरेको पाईएपछि गोरू सहित गाडी नियन्रणमा लिएको दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक जनक बुढाले बताए । गोरू लोड गरेको गाडी बुटवल लैजान लागेको प्रहरीले जनाएको छ । गोरू के प्रयोजनका लागि लैजान लागको हो भन्ने बिषय भने खुलेको छैन । गोरूको गाडी सहित यता दोभान प्रहरी चौकीका प्रमुख जनक बुढाले चौपाया ओसार पसारको सम्बधित कुनै कागज पन्र नभएकाले गाडी प्रहरीले नियन्रणमा लिएर तिनाउ गाउँपालीिा पठाइएको बताए ।
तर गाउपालिकाले बुझन नमानेपछि गोरू जहाबाट ल्याएको हो सोही स्थानमा छोड्ने गरी गोरू र गाडी फिर्ता पठाईएको प्रमुख बुढाको भनाई छ । गोरू ल्याउने मालिक रूपन्देहीको रोहिणी गाउपालीका ९ बस्ने सुरज केवट रहेको पाईएको छ । उनले बिक्री गने उद्देश्य सहित गोरू ल्याएको बुझिएको छ । पछिल्लो समय लुम्बिनी प्रदेसमा गोरू तस्करहरूमाथि प्रहरीले कडा निगरानी बढाएपछि तस्करहरूले गाउँको बाटो प्रयोग गदै आएका छन भने स्थानीय गाउँलेहरूलाई प्रयोग गरेर तस्करी गदै आएको बुझिएको छ


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया