



लुम्बिनी प्रदेशमा तीन दिन ‘संविधान दिवस’ मनाइँदै, यस्ता छन् कार्यक्रम


रुपन्देही । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । आज, भोलि र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भव्य रूपमा मनाउन आह्वान गरिसकेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुराउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रूपमा मनाउन आह्वान गरेका हुन् ।
असोज २ गते अर्थात् आजदेखि प्रदेश स्थित सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा फहराइँदैछ । कार्यालय परिसरमा सरसफाइ गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिँदै छ ।
यस्तै प्रदेश सरकारी निकायका वेबसाइडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपले मनाउने बारेमा सूचनाहरू सार्वजनिक गरिएको छ । संविधान कार्यान्वयनको पहिलो दशक: उपलब्धि र चुनौती विषय विज्ञसँग छलफल कार्यक्रम आज हुँदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो ।
आम नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, बरन्डामा दीपावली गर्न सरकारले आह्वान गरिसकेको छ । असोज ३ गते अर्थात् भोलि संविधान दिवसको मूल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकीसहित बिहान प्रभातफेरिको आयोजना गरिने भएको हो । लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मूल समारोह हुँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने छ । कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । जिल्ला समारोह समितिसँग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरूमा बिरामीको निःशुल्क प्रयोगशाला परीक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने छ ।
यस्तै असोज ४ गते पर्सी उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालय सम्बद्ध सरोकारवालाहरूको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाइएको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया