
क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा दुई जना पक्राउ

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
नवलपरासी गैँडाकोट नगरपालिका ४ बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ नगरपालिका ४ बस्ने २० वर्षीय आयुष शर्मा पक्राउ परेका हुन्।
उनीहरूलाई सीआईबीले बुधबार पक्राउ गरेको हो। यसबारे शुक्रबार मात्रै सार्वजनिक गरेको हो। रिमाललाई ठमेलबाट र शर्मालाई मनमैजुबाट पक्राउ गरेको थियो।
उनीहरू स्टारब्वइ सोलुशन्सका सञ्चालकहरू हुन्। उनीहरूले क्रिप्टोको कारोबार गरेको खुलेपछि प्रहरीले अनुसन्धान गरी पक्राउ गरेको एसपी बोगटीले बताए।
उनीहरूमथि काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया