

बन्दुकको नालले हानेर वृद्धको हत्या, एक युवक पक्राउ



रोल्पा । भरुवा बन्दुकको नालले हानेर छिमेकी वृद्धको हत्या गर्ने रोल्पा थवाङका ३५ वर्षका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सोमबार मध्याह्न थवाङ गाउँपालिका(२ जाजरकोट टोलका ७१ वर्षका सारु रोकालाई स्थानीय ३५ वर्षका रामकुमार रोकाले भरुवा बन्दुकको कुन्दाले टाउकोमा हिर्काउने क्रममा वृद्धको घटनास्थलमा मृत्यु भएको थियो । प्रहरीले रामकुमारसँग अवैध भरुवा बन्दुक रहेको र मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।
घटनालगत्तै प्रहरी चौकी थवाङबाट प्रहरी नायब निरीक्षक ज्ञानेन्द्रबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले हत्यामा संलग्न रामकुमारलाई पक्राउ गरेको थियो । वृद्धको हत्यापछि उनी आफ्नै घरमा सुतिरहेको अवस्थामा भेटिएका थिए । उनको खोजीमा खटिएको बेला भरुवा बन्दुक घरमुनिको करिब ७५ मिटर टाढाको झाडीमा लुकाइराखेको अवस्थामा फेला पारिएको थियो ।
घटनाबारे थप अनुसन्धान गर्न घर्तीगाउँस्थित इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । उनका अनुसार नियन्त्रणमा लिइएका रामकुमारलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइएको छ ।
प्रहरीले अझैसम्म गाउँमा अवैध हतियार भएको र त्यसको प्रयोगबाट हत्याहिंसाका घटना भएको पाइएको जनाएको छ । रोल्पा प्रहरीले वर्षौंअघि अवैध हतियार खोजी गर्ने क्रममा हज्जारौं भरुवा बन्दुक र कटुवा पेस्तोल फेला पारेर जलाएको थियो । अवैध हतियारले समाजमा शान्ति खलबलिएको प्रहरीको निष्कर्ष छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया