

बालेन समर्थकले थाले फेसबुकमा ओलीलाई अनफलो !



काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्टाटस फेसबुकले डिलिट गरिदिएपछि ओलीको फलोअर्स ह्वात्तै घटेका हुन्।
उनको झण्डै ६ लाख ६६ हजार फलोअर्स थिए। मंगलबार साँझ ९ बज्दा उनको फलोअर घटेर ६ लाख २२ हजारमा झरेको छ।
बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए। सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ।
आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ।’
सांसद शर्मामाथि एक नाबालिकालाई विगत ८ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ। शर्मा लुम्बिनी प्रदेश सांसद हुन्। उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो।
मेयर शाहले शर्माको फोटो राख्दै फेसबुकमा लेखेका थिए, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्ष देखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ।’ उनले ओलीलाई बाल श्रमशोषण गर्नेलाई कहिले समाउने कि नसमाउने भन्दै प्रश्न पनि गरेका थिए।
सो पोस्ट फेसबुकले डिलिट गरेको हो।
फेसबुक पोस्ट् डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया