

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध ३१ वटा मुद्दा दर्ता


बङ्गलादेशमा नयाँ सरकार गठन भएदेखि अहिलेसम्म पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध ३१ वटा मुद्दा दायर भएकाे छ । हसिनाविरुद्ध हिजो थप नाै वटा मुद्दा दायर भएसँगै अहिलेसम्म ३१ वटा मुद्दा पुगेको हो । दर्ता भएका मुद्दामा २६ हत्या, चार नरसंहार र एउटा अपहरणका मुद्दा रहेका बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
शेख हसिनाको पालामा सन् २०१० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) स्थापना भएको थियो । यो न्यायाधीकरण सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका क्रममा भएको हिंसाको छानबिन गर्न स्थापना गरिएको थियो । बङ्गलादेशको अन्तरिम सरकारले हसिनाविरुद्ध परेका उजुरीहरूको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको निगरानीमा छानबिन गर्ने बताएको छ ।
अन्तरिम सरकारका कानूनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलले शेख हसिनालाई कमाण्ड दिने जिम्मेवारी रहेको भन्दै विद्यार्थी आरक्षण आन्दोलनका क्रममा ज्यान गुमाएका घटनामा हसिनाको भूमिकाको छानबिन गरिने बताउनुभएको खबरमा उल्लेख छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया