

मौसम खराबीका कारण पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट


फाइल तस्वीर ।
भैरहवा | पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।
साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।
वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।
अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए । काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०:२० मा भैरहवामा ल्याण्ड भएको रेग्मीले जानकारी दिए ।
पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ । बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा ल्याण्ड भएको हो ।
त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि भएको छैन । पोखरा विमानस्थलका अनुसार भिजिविलिटीका कारण उडान र अवतरण दुबै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया