

बुटवलको शान्तिचोकमा जिप, मोटरसाईकल र स्कुटर ठोक्किदाँ अर्घाखाँचीकि शुष्माको मृत्यु



बुटवल : बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गियाबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा परी अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिया शुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तीचोकमा नम्बर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन्।
तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भएको प्रहरीले जनाएको छ । बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया