

निर्माण व्यवसायीले बुझाए लुम्बिनी मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र, यस्ता छन् १८ बुँदे मागहरु


रुपन्देही | रुपन्देहीमा निर्माण व्यवसायीहरूले करिब ३५ करोड भुक्तानी नपाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले निर्माण व्यवसायीहरूको विद्यमान समस्याहरूबारे लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै १८ बुँदे मागसहितको पत्र बुझाएको हो ।
नेपालको झन्डै ७० प्रतिशत बजेट खपत गर्ने कार्यमा निर्माण व्यवसायीहरू अनवरत रूपमा खटिएको जानकारी गराउँदै लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसालले मुख्यमन्त्री चेतनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाइन् । निर्माण व्यवसायीहरूले निर्माण कार्यको गत आर्थिक वर्ष २०८०र०८१ मा रुपन्देही जिल्लाको मात्रै झन्डै ३५ करोड अझै पनि भुक्तानी नपाएको र यस विषयमा राज्यले दायित्वबोध समेत नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति रहेको अध्यक्ष भुसालको भनाई छ।
निर्माण व्यवसायी सङ्घले भुक्तानी, मूल्य समायोजन, ठेक्का फरफारक गर्ने, उपभोक्ता समिति खारेज, मोबिलाइजेशन पेस्की, मिस म्याच, कर समायोजन, खाता रोक्का, बैङ्क ग्यारेन्टी नवीकरण, सामग्रीको मूल्य सूचकाङ्क लगायतका व्यवसायीहरूको विद्यमान समस्याका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीहरूबाट उठेका विषय सरकारले सम्बोधन गर्ने बताउँदै कतिपय निर्माण व्यवसायीले निर्माणका काममा पनि आर्थिक चलखेलमा गन्ध आएको बताए । उनले अस्थिरताको कारण अहिले प्रदेश सरकारले पाउनुपर्ने समानिकरण बजेटसम्म अपेक्षा गरे अनुरूप ल्याउन नसक्दा प्रदेश समेत अधिकारबाट वञ्चित भएको मुख्यमन्त्री आचार्यले बताए । उनले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न अनुरोध गर्दै भुक्तानी दिन पहल गर्ने प्रतिबद्धता जनाए।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया