

उठेन लक्ष्य अनुसारको राजश्व


बुटवल । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०(८१ मा १ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोडमात्र सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७९(८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा यो भन्सार कार्यालयले ७६ अर्ब ८९ करोडमात्रै सङ्कलन गरेको थियो । तर अघिल्लो वर्षको तुलनामा २०८०(८१ मा ३ अर्ब ६ करोड कम राजस्व उठेको भैरहवा भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताए ।
नेपालगन्ज भन्सार कार्यालयको अवस्था पनि उस्तै छ । नेपालगन्ज भन्सार कार्यालयलाई विभागले २८ अर्ब ६६ करोड लक्ष्य दिएकोमा १८ अर्ब १५ करोड राजस्व असुली गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
गत वर्ष २९ अर्ब लक्ष्य रहेकोमा १८ अर्ब १९ करोड राजस्व असुल गरेको थियो । यो भन्सार कार्यालयले भने गत वर्षको तुलनामा ३ करोड कम राजस्व सङ्कलन गरेको छ ।
खासगरी भैरहवा र नेपालगन्जमा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी मोटरसाइकल आयातमा कमी भएको छ । नेपालगन्ज भन्सार कार्यालय सूचना अधिकारी लम्सालले नेपालगन्ज भन्सार कार्यालयबाट खाद्यान्न आयातमा पनि कमी आएको बताए । धेरै बस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उनको भनाइ छ ।
भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडीमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताए । उनले राजस्व घट्यो भनेर चिन्तामात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिए ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया