

बुद्व एयरकाे जहाज भैरहवा विमानस्थलकाे धावनमार्गमै चिप्लियाे !



साझाकुरा, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमै फसेपछि विमानस्थल बन्द रहेको छ। गएराति जहाज चिप्लिएर धावनमार्गको किनारमा चक्काले भुईँ (माटो)छुन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो। प्रवक्ता भट्टका अनुसार जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ।
जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ। गएराति जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास गरेपनि नसकिएपछि काठमाडौंबाट थप प्राविधिक टोली भैरहवा बोलाइएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया