
बुद्व एयरकाे जहाज भैरहवा विमानस्थलकाे धावनमार्गमै चिप्लियाे !

साझाकुरा, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमै फसेपछि विमानस्थल बन्द रहेको छ। गएराति जहाज चिप्लिएर धावनमार्गको किनारमा चक्काले भुईँ (माटो)छुन पुगेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको हो। प्रवक्ता भट्टका अनुसार जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ।
जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ। गएराति जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास गरेपनि नसकिएपछि काठमाडौंबाट थप प्राविधिक टोली भैरहवा बोलाइएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया