

बुटवलको डेल्टा कम्प्लेक्सको आगो ४ घण्टापछि नियन्त्रणमा, ४५ करोडको नोक्सानी भएको सञ्चालकको दाबी





बुटवल : बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा नेपालमै पहिलो पटक डेल्टा एजसकेसन मार्टको स्थापना गरीएको हो । बुटवलका अधिकाङ्स शैक्षिक व्यक्तित्वहरुको संलगनतामा डेल्टा एजुकेसनलमार्ट स्थापना गरीएको थियो । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ।
बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगो राती अबेर मात्र नियन्त्रणमा आएको थियो।
कम्प्लेक्सको चौथो तलाबाट सुरु भएको आगालागी भुईं तलासम्म पुगेको छ। आगालागीबाट कम्प्लेक्समा रहेका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन्।
आगालागीपछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, ओमसतिया तथा नेपाल आयल निगम र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल सहित १२ वटा दमकलले आगो निभाउने प्रयास गरेका थिए।
कपडा, जुत्ता, किताव, कापी रहेको कम्प्लेक्समा आगो नियन्त्रण बाहिर गएको थियो। दमकल सुरक्षा अधिकारीहरू, स्वयंसेवकहरू उपस्थित र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।
नजिकै बस्ती, पेट्रोल पम्प समेत रहेकाले आगो नियन्त्रण बाहिर गए ठूलो जनधनको क्षति हुन सक्ने भएपनि आगो कम्प्लेक्स भन्दा बाहिर भने फैलन पाएन। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरी अनुमान छ।
डेल्टा भवनबाट विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ। आगलागी खेलकुदका सामाग्री रहेको चौथो तलाबाट सुरू भएको सञ्चालक घनश्याम पाठकले बताए।
आगलागीबाट सबै गरेर ४५ करोड बढीको नोक्सानी हुन गएको डेल्टा कमप्लेक्सका सञ्चालक चोला प्रसाद पाठकले बताए।


खबर सबै
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया