

बुटवलमा बलेराे दुर्घटना, तीनकाे मृत्यु, दुई जना घाइते


पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
बुधबार राति लु २ च ८५३१ नम्बरको जिप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुईजना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितका अनुसार सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा–३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो ।
घटनामा बुटवल–९ मिलनचोकका ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल–११ का ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया