

तिनाउ खोलामा डुबेर ३ दिनमा ३ जना भारतीयको मृत्यु


पाल्पा : पाल्पा तिनाउ खोलामा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष छन् ।
शनिबार आइतबार र सोमबार गरी २ दिनमा दैनिक एक जनाको दरले गर्मी छल्न आएका तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार निता गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको अचानक पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीसँगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा डाक्टरले चेकजाँच गर्दा शर्मालाई मृत घोषणा गरेको थियो ।
यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।
गमी छल्न आएका नागरिकको दैनिक रुपमा मृत्यु हुँदा पनि कुनै सर्तकता अपनाइएको छैन। यो वर्ष लागेपछि मात्रै सो क्षेत्रमा डुबेर ६ जनाले ज्यान गुमाएका छन् ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया