

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे चयन


बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । रुपन्देहीको १० औँ अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
तर औपचारिक रूपमा घोषणा हुन भने बाँकी छ । नेताहरूबिच बिहीबार गैरेलाई अध्यक्ष बनाउने सहमति जुटेको थियो । अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरे अध्यक्षमा चयन भएका हुन् ।
निर्वाचन समिति अनुसार अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनिता ठठेर सर्वसम्मत भएका छन् ।
अधिवेशनको बुधबार एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया