
कपिलवस्तुसहित विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जना पक्राउ

कपिलवस्तु । विभिन्न स्थानबाट लागु औषधसहित १६ जना पक्राउ परेका छन् । कपिलवस्तुसहित सुनसरी, कैलाली, पाँचथर लगायतका जिल्लाहरूबाट १६ जना पक्राउ परेका हुन् ।
कपिलवस्तुबाट २ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकबाट ५ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका–१० बस्ने ३२ वर्षीय फिरोज मुसलवान र २७ वर्षीय सलाउदिन गद्धी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले लु।७ प ६५४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै उता सुनसरीको देवानगञ्ज गाउँपालिका–६ तिनुवा नहरबाट लागुऔषध गाँजा करिब २८ किलो ३ सय ग्रामसहित धरान उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय अर्जुन राई समेत ३ जना पक्राउ परेका छन् । उनीहरु शुक्रवार दिउँसो पक्राउ परेका हुन् । अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरीले को।१ ह २०५२ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी अटो चालक राई र अटोमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कस्थित डोटी बैतडी होटलबाट ९ सय ४० मिलिग्राम खैरो हेरोइनसहित सोही नगरपालिका–२ बस्ने ३० वर्षीय प्रमोद पनेरू समेत ५ जना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शुक्रवार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ देवरियाबाट ब्राउन सुगर ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सेरा भन्ने सुरेन्द्र रानालाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता, पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडाबाट ब्राउन सुगर २ ग्राम ७ सय मिलिग्राम, ट्रामाडोल ४५ क्याप्सुल र स्पास्पेन ६ ट्याब्लेटसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका–१० घर भई सोही नगरपालिका–११ तृतीया बस्ने ३० वर्षीय हुसेनबहादुर कटुवाल रहेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो ।
त्यस्तै चितवनको राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय सूर्यबहादुर तामाङलाई करिब ४ किलोग्राम गाँजा सहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यता, झापाको अर्जुनधारा नगरपालिका–८ बाट ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–१० ब्याड डाँडा घर बताउने २२ वर्षीय आकाश राजवंशी र अर्जुनधारा नगरपालिका–९ प्रणामी मन्दिर छेउ घर बताउने २५ वर्षीय विकाश सहनी रहेको प्रहरीले जनाएको छ । । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यसैगरी शनिवार बिहान वीरगन्ज महानगरपालिका–१६ बाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुर बस्ने २८ वर्षीय सुरज विक रहेका छन् । उनको साथबाट डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल, नुर्फिन ५२ एम्पुल र नाईट्राभेट ९ सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया