

सिद्धबाबा सुरुङका लागि आजदेखि विष्फोट गराइँदै



बुटवल : पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइने भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिने भएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकबाट जेठ ११ गते शुक्रबार प्रारम्भिक रुपमा पूर्वअभ्यास गर्ने र १३ गतेदेखि आवश्यकता अनुसार सवारीसाधन रोकेर विस्फोट गर्ने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबामा १ हजार १ सइ २६ मिटर सुरुङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।
नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकताअनुसार विस्फोट गराइने प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकार दिए । विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवागमन रोकिनेछ ।
जेठ ११ गते शुक्रबार निर्माणस्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको हो । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेटअनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ ।
पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएर सुरुङ निर्माणको काम भइरहेको छ । राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना सुरु भएको हो ।
माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनुपर्ने आयोजनाका प्रमुख रामपुकार जयसवालले जानकारी दिए । निर्माण कम्पनीले सुरुङमार्गको डिजाइनमा एक वर्ष समय खर्चिदा सुरुङ खन्ने काममा ढिलाइ भएको हो ।
मुख्य सुरुङमार्ग दक्षिण पोर्टलबाट ४८.३ मिटर सुरुङ खनिएको छ । उत्तर पोर्टलतर्फ ३७.४ मिटर सुरुङ खनेको जानकारी दिइएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टलका साथै निकासका लागि राखिएका तीनवटा बाइपास सुरुङहरूमा २३, १५, १५ मिटर मात्र खनिएको छ ।
आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी तीन–तीन सय मिटरको दुरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको आयोजनाले जनाएको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको हो । जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका प्रविधिमार्फत साढे २ किलोमिटर सडक सुरक्षित बनाउनुपर्ने हुन्छ । तराइदेखि पहाडका पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा सुरुङमार्गले आवागमन सहज र सुरक्षित हुने विश्वास लिइएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया