

क्रिप्टोमा १ करोड बढी कारोबार गरेको आरोपमा रोल्पाका एक युवक पक्राउ


कपिलवस्तु | अनलाइनमार्फत क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय विज्ञान घर्तीमगर छन्। उनले फेसबुक, टेलिग्राम, लगायत एपमार्फत विभिन्न व्यक्तिहरूलाई साथी बनाएका थिए। त्यसरी अनलाइनमा साथी बनाएका व्यक्तिलाई क्रिप्टोमा लगानी गरे दोब्बर आम्दानी गर्न सकिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ।
यसरी उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता तथा वालेटमा पटकपटक गरी दुई लाख १६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
उक्त जाहेरीपछि प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका उनले क्रिप्टो करेन्सी बाइनान्समा लगानी गरेको खुलेको हो। उनले एक करोड ५५ लाख १ हजार ३२६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको एसपी रेग्मीले बताए।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया