
क्रिप्टोमा १ करोड बढी कारोबार गरेको आरोपमा रोल्पाका एक युवक पक्राउ




कपिलवस्तु | अनलाइनमार्फत क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय विज्ञान घर्तीमगर छन्। उनले फेसबुक, टेलिग्राम, लगायत एपमार्फत विभिन्न व्यक्तिहरूलाई साथी बनाएका थिए। त्यसरी अनलाइनमा साथी बनाएका व्यक्तिलाई क्रिप्टोमा लगानी गरे दोब्बर आम्दानी गर्न सकिने प्रलोभन देखाएको अनुसन्धानबाट खुलेको छ।
यसरी उनले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता तथा वालेटमा पटकपटक गरी दुई लाख १६ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
उक्त जाहेरीपछि प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका उनले क्रिप्टो करेन्सी बाइनान्समा लगानी गरेको खुलेको हो। उनले एक करोड ५५ लाख १ हजार ३२६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको एसपी रेग्मीले बताए।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया