

रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु




रुपन्देही- गएराती रूपन्देहीमा बेग्लाबेग्लै भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गएराती तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा भएको मोटरसाईकल दुर्घटनामा २४ बर्षिय बिवेक डुम्रेको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका वडा नं ६ का बासिन्दा डुम्रेले चलाएको लु ३१ प १६४२ नंम्वरको मोटरसाईकल गएराती अनियन्त्रीत भई पल्टिदा गम्भिर घाईते भएका डुम्रेको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत जितगढीमा भएको मोटरसाईकल दुर्घटनामा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्यालको मृत्यु भएको छ।
प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ – २००२ प २०३६ नम्वरको मोटरसाईकल राती अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
मोटरसाईकल पल्टिदा गम्भिर घाईते भएका अर्याललाई उद्धार गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएकोमा राती नै उपचारको क्रममा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया