

उपचारमा लापरवाही भएको भन्दै बुटवलको चौराह अस्पताल घेराउ



बुटवल | बुटवलको चौराह अस्पतामा उपचारको क्रममा लापरवाही भएको भन्दै विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित बुटवल कालिकानगरस्थित चौराह अस्पताल घेराउ गर्न पुगेका थिए ।
५ महिना अघि गत मंसिर २७ गते साँझ स्कुटर दुर्घटनमा परी चौराह अस्पतालमा उपचार गराउन पुगेका किरणको खुट्टा फ्याक्चर भएको देखिएपछि चिकित्सकले अप्रेशन गरेका थिए । मंसिर २८ गते अप्रेशनपछि ५ दिनसम्म अस्पतालमै बसेका किरण घर फर्किएर करिब २ साता फलोअपका लागि अस्पताल जाने गरेको किरणका आफन्त बताउँछन् । अन्तिममा चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गरेका थिए । उक्त समयसम्म खुट्टाका सबै मासु कुहिएर फाल्नु पर्ने स्थितीमा पुगेको र अहिले काठमाडौंकै एक अस्पतालमा उपचारपछि नियमित फलोअपमा रहँदा लाखौ रकम खर्च भएको भन्दै आफन्तहरुले उपचारमा लापरवाही गर्दा यस्तो स्थिती आएको भन्दै क्षतिपूर्ति माग गरेका छन् ।
बिरामीका दाजु दिवाकर थापाका अनुसार अस्पतालले सुरुमा क्षतिपूर्ति बापत उपचार खर्च दिने मौखिक सहमती गरे पनि हाल आएर उक्त सहमती अनुसार क्षतिपूर्ति दिन नमानेपछि आफूहरुले अस्पताल घेराउ गर्नुपरेको दाबी गरे । ‘सुरुमा के कति खर्च हुन्छ त्यसबापतको रकम दिने विषयमा हेर्छौ भनेर भनियो । अहिले आएर रकम क्षतिपूर्ति दिँदैनौं जे गर्न सक्छौं गर, भन्ने ढङ्गको कुरा आउन थालेपछि बाध्य भएर अस्पताल घेराउ गर्नू परेको हो ।’–किरणका दाजु दिवाकरले भने ।
अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत जनक कुँवरले भने क्षतिपूर्ति दिने विषयमा कुनै पनि सम्झौता नभएको दाबी गरे । उपचारका क्रममा कुनै कमजोरी भएमा कानूनी उपचार खोज्ने बाटो खुला रहेको बताउँदै उनले त्यसका लागि आफूहरु तयार रहेको उल्लेख गरे । अस्पतालका हाड जोर्नी तथा नशारोग विभाग प्रमुख प्रकाश रानाभाटले पीडित भनिएका बिरामीलाई मानवीय हिसावले केही सहयोग गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिए । ‘हामीले गल्ती नै नगरी क्षतिपूर्ति दिने भन्ने कुरा हुँदैन । बिरामीको अवस्था र आर्थिक स्थिती अनुसार मानवीय समवेदनाका हिसाबले केही सहयोग गर्ने कुरा मात्रै हो ।’–रानाभाटले भने, ‘यदी उहाँहरुले हामीलाई गल्तीनै गरेको ठान्नुहुन्छ भने कानूनी उपचार र अनुसन्धानका लागि हामी तयार छौं ।’
शुक्रबार ठूलो भिडसहित अस्पताल घेराउ गर्न आएका समूहलाई भोली शनिबार छलफलका लागि बोलाउने सहमतीपछि घर फर्काइएको थियो । सम्भावित घटनालाई मध्यनजर गरी ईलका प्रहरी कार्यालय बुटवलको टोली सुरक्षाका लागि अस्पतालमा खटिएको थियो । अस्पतालमा बारम्बार क्षतिपूर्तिको मागसहित आउन थालेपछि ईलाका प्रहरी कार्यालय बुटवललाई सुरक्षाका लागि १ महिनाअघि निवेदन गरिएको अस्पतालका प्रशासन प्रमुख सन्तोष गुप्ताले बताए । विगत ५ महिनादेखि अस्पताल र बिरामीका आफन्त बीच क्षतिपूर्तिको विषयमा विवाद हुँदै आएको छ ।
ग्लोबल आवाज बाट


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया