
रेसुङ्गा-काठमाडौं हवाइ भाडा वृद्धि




गुल्मी । हवाइ इन्धनको मूल्य वृद्धि भएको कारण देखाएर गुल्मीको रेसुंगादेखि काठमाडौंसम्मको हवाइ भाडा पनि वृद्धि भएको छ ।
अब गुल्मीबाट काठमाडौं जाँदा ७ हजार ३०१ रुपैयाँ र काठमाडौंबाट गुल्मी आउँदा ७ हजार ५०१ रुपैयाँ भाडा लाग्ने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो । हाल गुल्मीमा नेपाल एअरलाइन्सको टुइनअटर जहाजले हप्तामा तीन उडान सञ्चालन गर्दै आएको छ ।
रेसुंगा विमानस्थलबाट यात्रुको चापलाई मध्यनजर गर्दै एक उडान थप गरिएको छ । अब सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी हप्तामा चार उडान हुनेछ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया