

काजमा बसेका शिक्षकलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास समन्वय एकाइको स्वीकृति विना काजमा बसेका शिक्षकहरूलाई फिर्ता गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ ।
केन्द्रका महानिर्देशक दीपक शर्माले मन्त्रालयबाट काजमा बसेका शिक्षकलाई फिर्ता गराउने निर्देशन आएको बताए । उनले भने, ‘मन्त्रालयको निर्देशन अनुरूप शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्ने तयारी भइरहेको छ ।’
शर्माले भने ‘विभिन्न संस्थामा र स्थानीय तहमा जनप्रतिनिधिको स्वकीय सचिव लगायत तोकिएको कार्यक्षेत्रभन्दा बाहिर बसेकालाई फिर्ता गर्ने निर्देशन आएको छ । त्यहीअनुसार एकाइलाई पत्राचार गर्छौं । अनि एकाइले स्थानीय तहलाई पत्राचार गर्छ ।’
शिक्षकहरूलाई जथाभावी काजमा राखिएको गुनासो आइरहेकाले मंगलबार सचिवस्तरीय निर्णय गरी केन्द्रलाई निर्देशन गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले बताए ।
उनले भने ‘शिक्षकहरूलाई जथाभावी काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएकाले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास समन्वय एकाइको स्वीकृति विना काजमा बसेका तथा कार्यक्षेत्रभन्दा बाहिर गएका शिक्षकहरूलाई फिर्ता गर्न निर्देशन गरिएको हो ।’


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया