![](https://esajhakura.com/wp-content/uploads/2022/03/final-GIF.gif)
![](https://esajhakura.com/wp-content/uploads/2024/06/Bijayanagar-gaupalika-add-1024x114.gif)
बाणगंगाबाट हातहतियार र जङ्गली जनावरकाे मासुसहित ४ जना पक्राउ
![](https://esajhakura.com/wp-content/uploads/2024/08/ezgif-5-0f3610c14b-1024x111.gif)
![](https://esajhakura.com/wp-content/uploads/2025/01/Untitled-1-1024x154.gif)
![](https://i0.wp.com/esajhakura.com/wp-content/uploads/2022/06/pakrau.jpg?fit=640%2C320&ssl=1)
![](https://esajhakura.com/wp-content/uploads/2024/12/GGGGGGG-CHAND-POLYCLINIC-INLINE-ADVERT.gif)
कपिलवस्तु । विभिन्न हातहतियार र जङ्गली जनावर मृगको जस्तो देखिने मासु करिब ३० किलोसहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका १ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, सोही नगरपालिका १ बुङची बस्ने असिम खाण, सोही नगरपालिका २ बस्ने ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देही बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
असिम खाणको घरको बरान्डामा जङ्गली जनावरको मासु काटी भाग लगाउँदै गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको जनावरको मासुसहित पक्राउ गरेको हो । उक्त स्थानबाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ ।
साथै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
![](https://esajhakura.com/wp-content/uploads/2020/12/belbase-suppliers-final-ads.gif)
प्रतिक्रिया