

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?



काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । उनले आइतबार ‘वसन्त’ फिल्म निर्माणको घोषणा गरेका छन् । जसमा उनको कथा, निर्देशन र अभिनय रहने बताइएको छ ।
म्युजिक भिडियो र गीतमार्फत प्रकाशले आफ्नो सिर्जना क्षमता प्रमाणित गरिसकेका छन् । म्युजिक भिडियो निर्देशनमा पनि उनी कामले नै अब्बल ठहरिएका छन् ।
फिचर फिल्मको उनको निर्देशन डेब्यू कस्तो रहला ? त्यो हेर्न अब धेरै कुर्नु परेन । आगामी चैते दशैँमा दर्शकले थाहा पाउनेछन् । फिल्म निर्देशनमा पनि उनीप्रति आशावादी बन्नु नपर्ने कारण छैन ।
फिल्मको फस्ट लुक टिजरमा मै उनको सिर्जनाले चर्चा बटुलेको छ । तर उनले पोस्टरमा भने झुट बोलेका छन् । पोस्टरमा लेखिएको छ, ‘प्रकाश सपुतको पहिलो चलचित्र’ ।
प्रकाशको यो दोस्रो फिल्म हो । उनले ‘परदेशी –२’ बाटै फिल्म अभिनयमा डेब्यू गरिसकेको सबैलाई थाहा भएकै विषय हो ।
उनको यो पहिलो फिल्म त होइन तर निर्देशन रहेको पहिलो फिल्म चाहिँ हो । घोषणा कार्यक्रममै उनको यो झुट पत्ता लाग्यो ।
यसबारे उनलाई प्रश्नसमेत गरिएको थियो– पोस्टरमा ‘प्रकाश सपुतको निर्देशन रहेको पहिलो फिल्म’ भनेर किन राखिएन ?
जवाफ फर्काउने क्रममा प्रकाशले गल्ती भएको स्वीकारे । तर निर्देशन रहने पहिलो फिल्म भएकाले छलफलमै ‘प्रकाश सपुतको पहिलो चलचित्र’ राखेको बताए ।
पहिलो फिल्मभन्दा दर्शकलाई झुट बोलेजस्तो हुने र ‘निर्देशन रहने पहिलो फिल्म’ राख्दा उपयुक्त हुने थप तर्क आएपछि भने उनले सच्याउने प्रतिवद्धता गरे ।
उनले भने, ‘सुझावका लागि धन्यवाद, हामी सच्याउँछौँ ।’
प्रकाशको जवाफलाई आधार मान्दा यो बदनियत बिनाको प्राविधिक त्रुटि मात्र हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया