

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सनराइज स्कुलमा सम्मान कार्यक्रम सम्पन्न



दुर्गा प्रसाद काफ्ले, चन्द्रौटा| कपिलवस्तुको बुद्धभुमि नगरपालिका–१ भेलाईस्थित सनराइज सामुदायिक इङलिस बोर्डिङ स्कुलले १३५औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ ।
बिद्यालयबाट सुरु भएको विभिन्न नारा सहितको ¥याली गाउँ परिक्रमा गरि पुनः बिद्यालयमा फर्किएर औपचारीक कार्यक्रम आयोजना गरीएको थियो ।
उक्त कार्यक्रमको सञ्चालक समितिका उपाध्यक्ष देवीराम रेग्मीले उदघाटन गरे । सोही अबसरमा बोल्दै उनले विद्यालयको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षक शिक्षिकाहरुलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरीएको बताए । विद्यालयले शिक्षक शिक्षिकाहरुलाई सम्मान सँगै मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका समाजसेवि रामबहादुर गन्धर्वले विद्यालयले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै थप सफलताको शुभकामना ब्यक्त गरे । शिक्षालाई थप गुणस्तरीय बनाउँदै मौलिक ज्ञानसिप, ब्यवहारिक शिक्षालाई प्राथमीकता दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बिष्णु खड्का, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, सञ्चालक समिति, बिद्यालयका शिक्षक कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिला पोख्रेलको स्वागत तथा बिद्यार्थी विवश परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया