अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सनराइज स्कुलमा सम्मान कार्यक्रम सम्पन्न

दुर्गा प्रसाद काफ्ले, चन्द्रौटा| कपिलवस्तुको बुद्धभुमि नगरपालिका–१ भेलाईस्थित सनराइज सामुदायिक इङलिस बोर्डिङ स्कुलले १३५औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिक्षक शिक्षिकाहरूलाई सम्मान गरेको छ ।

बिद्यालयबाट सुरु भएको विभिन्न नारा सहितको ¥याली गाउँ परिक्रमा गरि पुनः बिद्यालयमा फर्किएर औपचारीक कार्यक्रम आयोजना गरीएको थियो ।

उक्त कार्यक्रमको सञ्चालक समितिका उपाध्यक्ष देवीराम रेग्मीले उदघाटन गरे । सोही अबसरमा बोल्दै उनले विद्यालयको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने शिक्षक शिक्षिकाहरुलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरीएको बताए । विद्यालयले शिक्षक शिक्षिकाहरुलाई सम्मान सँगै मायाको चिनो प्रदान गरेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका समाजसेवि रामबहादुर गन्धर्वले विद्यालयले शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै थप सफलताको शुभकामना ब्यक्त गरे । शिक्षालाई थप गुणस्तरीय बनाउँदै मौलिक ज्ञानसिप, ब्यवहारिक शिक्षालाई प्राथमीकता दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक बिष्णु खड्का, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, सञ्चालक समिति, बिद्यालयका शिक्षक कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिला पोख्रेलको स्वागत तथा बिद्यार्थी विवश परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया