
अमिरको भ्रमण : भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह

रुपन्देही । नेपाल भ्रमणमा आएका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ ।
विमानस्थल उद्घाटन भए पनि पूर्णरूपमा सञ्चालनमा नआउँदा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सरोकारवालाहरूले कतारका अमिरको भ्रमणका अवसरमा भैरहवा–कतार हवाई उडानका लागि पहल गर्न आग्रह गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले कतारका अमिरको भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलमा भैरहवा–कतार हवाई उडान भर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गर्न आग्रह गरे ।
“भैरहवाबाट कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडान भर्न कतारका अमिरको भ्रमण उपयुक्त अवसर हुनसक्छ । त्यसैले यो विषयलाई प्राथमिकताका साथ उठाएर भैरहवा–दोहा उडानका लागि पहल गर्न सरकारसँग हाम्रो आग्रह छ”, श्रेष्ठले भने ।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष एवं होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले पनि सरकारले कतारका अमिरको भ्रमणमा भैरहवा–कतार हवाई उडानको प्रस्ताव राख्न आग्रह गरे । भैरहवा–कतार उडान भए निजी क्षेत्रमा आशा बढ्नुका साथै भैरहवा आसपासमा आर्थिक गतिविधि बढ्न गई देशलेसमेत उल्लेख्य लाभ लिनसक्ने श्रेष्ठको भनाइ छ ।रासस


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया