

प्यूठानको झिमरुकमा आगो बस्तीमा पस्दा ३ घर जलेर नष्ट


प्यूठान : जंगलमा लागेको आगो बस्तीमा पस्दा प्यूठानको झिमरुक गाउँपालिका-३ मा तीन वटा घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् । गौमुखी गाउँपालिका – ७ नारीकोट भुमेथान नजिक लागेको आगो बस्तीमा पसेको हो ।
आगलागीमा परी झिमरुक–३ धनमुडाका स्थानीय बसन्त पौडेल, गिरु पौडेल र भिम पौडेलको घरमा क्षति भएको छ । आगलागीबाट घरमा भएका लत्ताकपडा, खाद्यान्न लगायत सामग्री पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
स्थानीय आहालखोला, स्याला, भेडावारी र बेओरेका बस्तीमा आगो पसेको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा पुगेको आगोबाट भेडावारी र बेओरोमा दुई/दुई वटा र धनमुडामा चार वटा गोठ जलेर नष्ट भएका छन् । केही भैँसी र बोकाहरु समेत आगोमा परेर जलेका छन् ।
स्यालाको बस्ती आगोको उच्च जोखिमा रहेपनि स्थानीयबासी रातभर जाग्राम बसेर आगो नियन्त्रणमा लिएका छन् । झिमरुक गाउँपालिका–५ स्थित पातीखोरीया सामुदायिक वनमा लागेको आगो टाँडापोखरी बस्ती नजिक पुगेको उपाध्यक्ष पोखरेलले जानकारी दिए । हल्देको बस्ती नजिकमा समेत आगो पुगेको छ । विभिन्न सामुदायिक वनमा आगो लगाउने पहिचान भएको छैन ।
अग्नी पीडितहरुलाई राहत र उद्दारका लागि गाउँपलिकाले तयारी गरिरहेको उपाध्यक्ष पोखरेलले बताए । उनले पीडितहरुको सहयोगका लागि सहयोग गरिदिन् सार्वजनिक अपिल समेत गरे । आगलागीबाट १७ लाख ४९ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया