
भैरहवाबाट १५ किलो लागुऔषध गाँजा बरामद

भैरहवा : सशस्त्र प्रहरीले रुपन्देहीको सीमावर्ती क्षेत्र सिद्धार्थनगर नगरपालिका-१, नौडिहवा (भैरहवा)बाट लागुऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर पाण्डेको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा १५ किलो दुई सय ३० ग्राम गाँजा बरामद गरेको हो।
र्याप गरिएको अवस्थामा १५ वटा पोकामा बरामद गाँजा भारतमा लैजाने योजना रहेको आशंका गरिएको छ। बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीका डीएसपी मोहन न्यौपानेले जानकारी दिए।
केही दिन अघि पनि सशस्त्र प्रहरीको नम्बर २७ गण रुपन्देहीबाट खटिएको टोलीले कन्टेरमा लुकाएर भारत लैजान लागिएको अवस्थामा दुई क्विन्टल ७२ किलो बढी गाँजा बरामद गरेको थियो।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया