

भैरहवाबाट १५ किलो लागुऔषध गाँजा बरामद



भैरहवा : सशस्त्र प्रहरीले रुपन्देहीको सीमावर्ती क्षेत्र सिद्धार्थनगर नगरपालिका-१, नौडिहवा (भैरहवा)बाट लागुऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर पाण्डेको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा १५ किलो दुई सय ३० ग्राम गाँजा बरामद गरेको हो।
र्याप गरिएको अवस्थामा १५ वटा पोकामा बरामद गाँजा भारतमा लैजाने योजना रहेको आशंका गरिएको छ। बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीका डीएसपी मोहन न्यौपानेले जानकारी दिए।
केही दिन अघि पनि सशस्त्र प्रहरीको नम्बर २७ गण रुपन्देहीबाट खटिएको टोलीले कन्टेरमा लुकाएर भारत लैजान लागिएको अवस्थामा दुई क्विन्टल ७२ किलो बढी गाँजा बरामद गरेको थियो।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया