

गुल्मीमा डढेलो : १५ वटा घरगोठ जले




गुल्मी – इस्मा गाउँपालिकामामा डढेलोमा परेर दुईजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ पनि जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा ठूलो डढेलो लागिरहेको छ ।
डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएका गुल्मीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । डढेलो बस्तीमा पस्दा अहिलेसम्म १५ वटा घर, पसल र गोठ जलेका छन् ।
आगो निभाउन कोशिस गरे पनि निकै ठूलो भएको र हुरी चलिरहेका कारण निभाउन समस्या भएको डीएसपी पोख्रेलले बताउनुभएको छ । गुल्मीका अरू चार ठाउँमा पनि ठूलो डढेलो लागेको छ । रासस


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया