अन्नपूर्ण बिद्या मन्दिर मा.वि.को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम ३ चरणमा सम्पन्न


राधा पाण्डे,
श्री अन्नपूर्ण बिद्या मन्दिर माध्यमिक विद्यालय कोपवाको शैक्षिक सत्र  २०८० को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । चैत्र २७ गतेदेखि सुरु भएको कार्यक्रम विद्यालयको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गरि ३ चरणमा सप्पन्न गरिएको हो । कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न अतिरिक्ति क्रियाकलापका साथै कक्षा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाका साथै विद्यालय प्रथम, द्वितीय र तृतीय हुने सम्पुर्ण विद्यार्थीहरुलाइ शिल्ड, मेडल र पुरस्कार प्रदान गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यावस्थापन समिती अध्यक्ष साथै वाणगङगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले विद्यालयका बिगतका गतिविधि र आगामी कार्यक्रमका बारेमा स्पष्ट पार्नुभयो । विद्यार्थीले विद्यालयको मात्रै भर पर्न नहुने बताउदै बिद्यार्थी, शिक्षक र अभिभावकको त्रिपदीय सम्बन्ध रह्यो भने बालबालिकाको भविष्य सुदृढ हुने उहाँको भनाइ छ । विद्यार्थीलाई विद्यालय सार्ने कामले उनिहरुको मनस्थिति नै परिवर्तन हुने हुनाले भविष्य सुधार नहुनेमा अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो । यदि बालबालिकाको समस्या समाधान र भविष्य निर्माणमा विद्यालय हर समय कटिबद्ध रहेको बताउनुभयो ।

शुभकामना मन्तव्य राख्दै विद्यालयका सह प्रधानाध्यापक हरिनारायण चौधरिले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने अभिभावक , शिक्षक, विद्यार्थी , कर्मचारी सम्पूर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गर्नुभयो ।
बुद्द शान्ती इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नारायण पौडेलले विद्यालयले बिगतका समयमा विद्यार्थीको सुन्दर भविष्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि गराएको बताउँदै बिद्यार्थी र विद्यालयको समग्र बिकासको लागि हर समय आफुले सहयोग गर्ने प्रतिबद्द्ता व्यक्त गर्नुभयो ।
यस्तै विद्यालय व्यावस्थापन समिती सदस्य सरिता भण्डारी, चन्द्रकला क्षेत्री लगायतले विद्यार्थीहरुलाइ मिहेनतका साथ आफ्नो भविष्य बनाउन लागि पर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा पुर्व शिक्षिका राधा पाण्डेले बिद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अलवा व्याबहारिक ज्ञान अपरिहार्य रहेको बताउदै दुबै कुरा विद्यालयले सङगसङै लगेको बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थीको उन्नति र प्रगतिका लागि हर समय कटिबद्ध रहने स्पष्ट पार्नुभयो ।

यस्तैगरी शिक्षक उत्सब अधिकारीले बिगतका दिनमा पनि विद्यालयले हरेक राम्रा कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि उत्कृष्ट कार्यक्रम गर्दै विद्यार्थी र अभिभावकको मन जित्ने बताउनु भयो ।

विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकद्वारा नाटक प्रस्तुत गरिएको थियो । सो नाटकले अभिभावकको वैदेशिक रोजगारि र कार्यव्यस्तताले बालबालिकालाई समय दिन नसक्दा उनिहरु नराम्रो कार्यमा लाग्नुले सुन्दर भविष्य धरापमा रहेको संदेश दिएको थियो  । बिद्यालय बालबालिकाको दोस्रो पाठशाला भएकोले विद्यार्थीको भविष्य निर्माणका लागि शिक्षकको मात्रै भुमिका नभएर शिक्षक, विद्यार्थी र अभिभावकको भुमिका अपरिहार्य रहने कुरा नाटक मन्चनबाट स्पष्ट थियो ।
विगतका दिनहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट बिद्यालयले धेरै अवार्डहरु प्राप्त गरिसकेको छ । कार्यक्रममा शिक्षक, विद्यार्थीहरुद्वारा विभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रस्तुतिले मञ्च नै शोभायमान थियो ।

विद्यालयका प्रधानाध्यापक मदन मल्लको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय कोर्डिनेटर प्रकाश भुसाल, संचालक समिती सदस्यहरु, अभिभावक , समाजसेवी, लगायतको आथित्यता रहेको कार्यक्रममा शिक्षिका मिना गैरेको स्वागत मन्तव्य र विद्यालयका व्यावस्थापक कपिल घिमिरेको संचालनमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया